• The Public Today
  • भारतमा एकैदिन थपिए ९० हजार कोरोना संक्रमित


    एजेन्सी : पछिल्लो २४ घण्टामा भारतमा ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार एकै दिन ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो एकै दिन पुष्टि भएको विश्वका सबै देशको भन्दा धेरै संख्या हो ।

    यस अवधिमा भारतमा कोरोना संक्रमणबाट एक हजार ४४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा देखिएको कोरोना संक्रमण र मृत्यु विश्वका सबै देशको भन्दा बढी हो ।

    भारतमा अहिलेसम्म संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय ७९ पुगेको छ । संक्रमितको संख्या ४१ लाख १० हजार नाघेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस