• The Public Today
  • धनुषामा फेरी एक साता थपियो निषेधाज्ञा


    जनकपुरधाम, भदौ २१ गते । धनुषामा थप एक साता लागि निषेधाज्ञा बढाइएको छ । जिल्ला सुरुक्षा समितिको बैठकको निर्णय अनुसार आइतबार राति १२ बजे सम्मका लागि जारी गरिएको निषेधाज्ञालाई आगामी भदौ २८ गते राति १२ बजे सम्मका लागि बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले जानकारी दिए ।

    जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टाईको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरिएको छ ।

    त्यस्तै, बैठकले ढल्केवर मुजफ्फरपुर प्रशारण लाईन ४ सय केभीमा सञ्चालन भई दल्केवर ४ सय केभी सब–स्टेशन पनि निकट भविष्यमा सञ्चालनमा आउने हुँदा विद्युत आदान प्रदानको दृष्टिकोणले अति महत्वपूर्ण सब–स्टेशन हुने साथै उक्त स्थानमा विद्यूत प्राधिकरणको ठुला लगानी र धेरै सम्पत्ति भएकाले ढल्केवर सब–स्टेशनमा नेपाली सेना राखी आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध शाखामा माग गरि पत्राचार गर्ने निर्ण समेत गरिएको सीडीओ भट्टाईले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस