• The Public Today
  • विराटनगरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु


    भदौ २२ गते : कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा आज थप एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पौडेल थरका पुरुषको आज बिहान मृत्यु भएको केन्द्रमा मुख्य व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

    श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि यही शनिबार केन्द्रमा ल्याइएको थियो । ती वृद्ध यही भदौ ११ गते सङ्क्रमित भएका थिए भने नौ दिनदेखि होम आइसोलेसनमा बसिरहेको व्यवस्थापक बस्नेतले बताए । वृद्ध लामो समयदेखि उच्च रक्तचापबाट पीडित रहेका थिए । रासस 


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस