• The Public Today
  • धनुषामा दलित परिवारमाथि कुटपिट


    धनुषा,भदौ २३ गते : धनुषाको विदेह नगरपालिका ३ गोबराहीमा एक दलित परिवारमाथि कुटपिट भएको छ । स्थानीय सवाई दासका परिवारमाथि पूर्व पधानपञ्च हरि कुसियैतका परिवारले कुटपीट गरेको पीडितले बताएका छन् ।

    सोमबार साँझ भएको समान्य विवादमा कुसियैत परिवार दास परिवारमाथि घरमै पसेर कुटपिट गरेको पीडित रामशरण दासले गुनासो गरेका छन् । कुटपिटबाट ४५ वर्षीय निलमदेवी दास, २४ वर्षीय रामशरण दास र रामभगत दास घाइते भएका छन् । निलम देवीमाथि निर्घात कुटपिट भएकाले उनलाई उपचारको लागि जनकपुर स्थित काव्य हस्पिटलमा भर्ना गरिएको छ ।

    किराना पसलमा भएको समान्य विवादको लागि घरमै पसेर सबैमाथि कुटपिट गरेको पीडित रामशरणको आरोप छ । कुटपिट गर्ने कुसियैत परिवार पहिलादेखि नै जमिन्दारी शैली देखाउँदै आएको पीडित परिवारको भनाइ छ । कुटपिट गर्नेहरुमाथि कारबाहीको लागि दुहबी गोबराही प्रहरीचोकीमा पीडित परिवारले निवेदन दिएको बताएका छन् । तर कुटपिट गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको पीडित परिवारको अरोप छ ।

    यता दुहबी प्रहरीचोकीका सई हिलम सिंह दनुवारले दुवै पक्षबिच ज्यालाको लागि विवाद भएको र विवादमा कुटाकुट हुँदा दुबै पक्ष घाइते भएको बताए ।  कुसियैत परिवार पक्षका पनि तीनजना घाइते भएर अस्पताल भर्ना भएको र फर्केपछि यस विषयमा छलफल गर्ने उनले जानकारी दिए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस