• The Public Today
  • थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ हजार १३८ पुग्यो


    काठमाडौं, भदौ २३ गते । नेपालमा मंगलबार थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । संक्रमितमध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किएका छन् ।

    प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर २२८७ जना घर फर्किएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस