• The Public Today
  • कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण


    काठमाडौं, भदौ २३ गते । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सोमबार उनलाई ज्वरो आएपछि कोरोनाको आशंकामा महामन्त्री डा. कोइरालाको स्वाब धुम्बराहीस्थित ह्याम्स अस्पतालमा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको थियो ।

    महामन्त्री कोइरालाको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि अन्य १९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको महाराजगञ्‍ज स्रोतले जनाएको छ । स्रोतका अनुसार महामन्त्री कोइरालाले केही बेरपछि वक्तव्य जारी गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने तयारी गरेका छन् । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस