• The Public Today
  • रियालाई बुधबार अदालतमा उपस्थित गराइने


    एजेन्सी, भदौ २३ गते । अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकणकी मुख्य आरोपित अभिनेत्री रिया चक्रवर्ती प्रकाउ परेकी छिन् । उनलाई एनसीबीले धारा ८(सी), २७(ए), २९, २०(बी) अन्तर्गत मंगलबार नियन्त्रणमा लिएको हो ।

    उनलनई ९ सेप्टेम्बर बुधबार अदालतमा उपस्थित गराइने भएको छ । रियालाई एनसीबीले सुशान्तको मृत्यु प्रकरणमा नभइ ड्रग्सको मामिलामा पक्राउ गरेको हो ।

    सोही दिन ‘ड्रग्स मामिला’मा नै एनसीबीको नियन्त्रणमा रहेका रियाका भाइ सोविक चक्रवर्ती र सुशान्तका अपार्टमेन्ट म्यानेजर सम्युएल मिरान्तडा र सुशान्तको घरका कामदार दिपेश सावन्तलाई पनि अदालतमा पेश गरिने छ ।

    रियालाई ड्रग्स सेवन र ओसारपसारमा संलग्‍न भएको आरोपमा ६७, एनडीपीएस ऐनअन्तर्गत पक्राउ गरेको हो । एनसीबीले सुशान्तको मृत्युको मुद्दामा भन्दा पनि ड्रग्सको मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    योसँगै रियालाई मेडिकल परीक्षणका लागि सायन अस्पताल लगिएको छ । त्यहाँ उनको कोरोनाको परिक्षण पनि गराइएको छ ।

    एनसीबीको लगातार ३ दिनको सोधपुछमा रियाले तेस्रो दिन मंगलबार आफूले पनि सुशान्तको करकापमा गाँजा तानेको स्वीकार गरेकी छन् । साथै उनले बलिउडका २५ कलाकारको नाम पनि एनसीबीलाई बताएकी छन् ।

    बुधबार हुने अदालतको कारवाही भिडियो कन्फरेन्समार्फत हुनेछ । नवभारत टाइम्स


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस