• The Public Today
  • बलात्कारको गाउँमै मिलाउन खोजेको भन्दै विरोध प्रदर्शन


    द पब्लिक टुडे
    जनकपुरधाम, भदौ २३ गते । बलात्कारको घटनामा आर्थिक चलखेल गरेर घटना गाउँमै मिलाउन खोजेको भन्दै धनुषामा विरोध प्रदर्शन गरिएको छ ।

    मंगलबार इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर अगाडि प्रदर्शनकारीले घटनामा संलग्न जोकोहीलाई पक्राउ गरि कानून बमोजिम कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

    जिल्लाको क्ष्मीनिया गाउँपालिका(२ सिनुरजोडामा अन्दाजी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरिएको घटना ३ दिनपछि बाहिरिएको थियोे ।

    शनिबार दिउँसो ३ बजे गाउँकै स्थानीय ५५ वर्षीय बुधुवा साहले आफ्नो किराना पसल नजिकै साथीहरुसँग खेलिरहेकी बालिकालाई ललाइफकाइ पसलमा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारको आरोप छ ।

    छोरी पसल नजिकै खेलिरहेको समय साहले बालिकालाई बोलाएर अर्को पसलबाट पानकिङ्ग गुटखा ल्याउन पठाएको र त्यसपछि पसलमा रहेको एउटा कार्टुन छतमा राखेर आउन भनेपछि कार्टुन राख्न जाँदा कोठामा थुनी जबरजस्ती करणी गरेको पीडित बालिकाका बुवाको आरोप छ ।

    घटनास्थलमा प्रहरीको टोली पुग्दा आरोपित फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

    बालिकाको स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको र फरार अभियुक्तको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

    धनुषामा पछिल्लो केहि हप्ता देखि जवरजस्ती करणीको घटनामा वृद्धि भएको छ ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस