• The Public Today
  • आज देशभर पानी पर्ने सम्भावना


    काठमाडौं, भदौं २४ गते । देशभरको मौसमा बदली भई अहिले धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मनसुनको न्युन चापिय रेखा औसत भन्दा केहि माथि उठेका कारण त्यसको असर नेपालमा पनि देखिएको महाशाखाले जनाएको छ । आज दिनभर नै देशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।

    प्रदेश नम्बर एक, दुई, बागमती , गण्डकी र पाँच नम्बर प्रदेशका केहि स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । गएरातीदेखि थप सकृय बनेको मौसम अबको तीन दिनसम्म यस्तै रहने महाशाखाले अनुमान गरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस