• The Public Today
  • झुटो प्रमाणपत्र दिएर नागरिकता लिने बोस प्रहरीको फन्दामा


    रौतहट, भदौ २४ गते :  झुटो प्रमाण एवं विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट नागरिकता लिएका आरोपमा उद्योगी विप्लवकान्ति बोसलाई आज हेटौँडामा पक्राउ गरिएको छ ।

    हेटौँडामा उद्योग सञ्चालन गरेर बस्दै आएका बोसलाई मकवानपुर, पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका  ५ को गर्दोईबाट पक्राउ गरेको बताइएको छ ।

    जिल्ला अदालतको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालयले पठाएको पत्रका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

    जिल्लाका नायब प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले अभियुक्त बोसलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा आज पठाइने जानकारी दिए । बोस हेटौँडा औद्योगिक क्षेत्रस्थित सुपरलेमिकोटस प्रालि र गर्दोईस्थित नारायणी मिलका सञ्चालक छन् । रासस


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस