• The Public Today
  • वीरगञ्जमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


    वीरगञ्ज, भदौ २४ गते । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मंगलबार राती गरिएको परीक्षणमा पर्सा, बारा र रौतहट जिल्लाका गरि थप ३७ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । संक्रमित हुनेमा ४ वर्षका बालकदेखि ६७ वर्ष उमेर समूहका मानिस छन् ।

    संक्रमण देखिनेमा पर्साका ६, बाराका ९ र रौतहटका २२ जना रहेका चौरसियाले बताए ।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा दुईजना, २८ र ३२ मा एक एक जना, पटेर्वा सुगौली गाउँपालिकामा एक र चैनपुरमा एक जनामा संक्रमण देखिएको छ ।

    बाराको कलैया उप महानगरपालिकामा दुईजना, जितपुर सिमरा २ मा एक, बारागढी गाउँपालिकामा एक, कोल्हवी नगरपालिकामा तीन र इलाका प्रहरी कार्यालय बारागढीका एक जनामा संक्रमण देखिएको छ ।

    यस्तै रौतहटको दुर्गा भगवती गाउँपालिका ५ मा २२ जनामा कोरोना पुष्टि भएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस