• The Public Today
  • रुसले ३ करोड २० लाख डोज खोप मेक्सिकोलाई बिक्री गर्ने


    मस्को, भदौ २४ गते । रुसको सार्वभौम सम्पत्ति कोषले तीन करोड २० लाख डोज सम्भावित कोरोनाविरुद्धको खोप मेक्सिकोलाई बिक्री गर्ने भएको छ ।

    रुसले कोभिड-१९ को सम्भावित ‘स्पुतनिक-भी’ खोप मेक्सिकोको एक मुख्य फर्मासिटिकल कम्पनीलाई बिक्री गर्ने सम्झौता भएको स्रोतले रोयटर्सलाई जानकारी दिएको छ । यो रुसको खोप निर्यातको दोस्रो सम्झौता भएकोसमेत बताइएको छ ।

    यसअघि रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) ले पहिलो सम्झौता अगस्तमा काजकस्तानसँग गरेको थियो ।

    रुसले यसअघि अगस्त ११ मा विश्वको पहिलो कोरोनाविरुद्धको खोप दर्ता गरेको दाबी गरेको थियो । तर, युरोप अमेरिकालगायतका पश्‍चिमा राष्ट्रहरुले पनि खोप विकासका सबै मापदण्ड पालना गरे-नगरेकोमा आशंका व्यक्त गरेका छन् ।

    रुसले भने उक्त खोप आपतकालीन प्रयोगमा ल्याइसकेको दाबी गरेको छ । अलजजिरा


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस