थप १०८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो

काठमाडौं, भदौ २४ गते । नेपालमा बुधबार थप  १०८१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  १०८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ। संक्रमितमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किएका छन् ।

प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ९१८ जना घर फर्किएका छन् ।