• The Public Today
  • पत्रकारको नक्कली परिचपत्र बनाउने एकमा कोरोना पुष्टि


    काठमाडौँ, भदौ २४ गते : नक्कली प्रेसकार्ड बनाउँदै बिक्री गरेको आरोपमा पक्राउ परेकामध्ये एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुेमा कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक रहेका छन् ।

    सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्डदेखि स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बनाउने तीनजना र एकजना सेवाग्राहीलाई बागबजारबाट पक्राउ गरेको थियो ।

    पक्राउ गर्न गएको प्रहरी टोली, बयान लिने प्रहरी र अस्पतालमा परीक्षण गराउन लैजाने प्रहरीलाई आइसोलेसनमा राखिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

    एसएसपी थापाले भने, ‘१९ जना प्रहरी कर्मचारीलाई होम आइसोलेसन वा होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ ।’

    महाशाखाबाट डीएसपीको नेतृत्वमा टोली उनीहरुलाई पक्रन गएको थियो । प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट २१ थान पत्रकारको नक्कली कार्ड समेत बरामद गरेको थियो । बरामद कार्डमा प्रेस लेखिएको थियो । उनीहरुले एउटा कार्डको ५०० रुपैयाँ लिने गर्थे ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस