• The Public Today
  • भारतमा एकैदिन भेटिए ९५ हजार बढी संक्रमित


    एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६३ हजार १०६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा सर्वाधिक ९५ हजार ५ सय २९ नयाँ संक्रमितको पहिचान भएको छ । हालसम्म एकदिन भेटिएका संक्रमितका यो सबैभन्दा धेरै संख्या हो । यसअघि ६ सेप्टेम्बरमा ९१ हजार ७ सय २३ नयाँ संक्रमित भेटिएका थिए ।

    दिल्लीमा बुधबार ४ हजार ३९ नयाँ संक्रमितको पहिचान भएको हो । यससँगै यहाँ संक्रमितको संख्या दुई लाख पार भएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस