• The Public Today
  • नेपाली किशोरीलाई भारत लगिरहेका ६ युवक पक्राउ


    रौतहट, भदौ २५ गते । एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरी चौकी, नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका–७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो ।

    बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्का लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–५ की १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका–८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं. ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र  २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक  सिद्धिविक्रम शाहले बताए ।

    सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारेमा छानबिन भइरहेको बताइएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस