सीमा विवाद समाधानका लागि भारत र चीनबीच ५ बुँदे सहमति

भदौ २६ गते । भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा जारी विवाद समाधानका लागि पाँच बुँदे सहमति भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार भारतका विदेश मन्त्री एस जयशंकर र उनका समकक्षी वाङ यीबीच रुसको मस्कोमा भएको वार्तामा सीमामा शान्ति स्थापना गर्ने सहमति भएको हो । तर सहमतिका बुँदा समाचारमा खुलाइएकाे छैन।

वार्तामा भारतका विदेशमन्त्री जयशंकरले आफूहरू सीमामा तनाव बढाउने पक्षमा नरहेको र चीनसँगको नीतिमा पनि कुनै परिवर्तन नगरिएको बताएको समाचारमा उल्लेख छ।

यसैगरी चीनले पनि भारतप्रतिको नीति बदलेको छैन भन्ने विश्वास रहेको उनले बैठकमा बताएका थिए । चीनका विदेशमन्त्रीले पनि सीमामा जारी विवाद समाधान चाहेको बताएका थिए। एजेन्सी