• The Public Today
  • सिरहाबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद


    सिरहा, भदौ २६ गते । सिरहाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ । 

    इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो । 

    बरामद भएको बन्दुक वनक्षेत्रमा गस्तीका लागि आएकाहरुले प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस