थप १४५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ हजार ९१९ पुग्यो

काठमाडौं, भदौ २६ गते । नेपालमा शुक्रबार थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । संक्रमितमध्ये ३६ हजार ६७२ जना निको भएर घर फर्किएका छन् ।

प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर ९७२ जना घर फर्किएका छन् ।