• The Public Today
  • महोत्तरीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु


    जनकपुरधाम, भदौ २६ गते । महोत्तरीमा थप एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मनरा सिस्वा नगरपालिका १ बथनाहाका ६५ वर्षीय पुरुषको शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो ।

    ज्वरो आएर श्वास फेर्न समस्या भएपछि उनलाई गत भदौ १९ गते प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएकै समयमा स्वाब लिएर पीसीआर परीक्षण गर्दा दुई दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।

    रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमै राखेर उपचार सुरु गरिए पनि बचाउन नसकिएको झाले बताए । उनी यसअघि हाइपरटेन्सनका बिरामी रहेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस