• The Public Today
  • भारतमा एकै दिन झन्डै एक लाख संक्रमित


    भदौ २७ गते : भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।

    सो क्रममा भारतमा एकै दिनमा झन्डै एक लाख संक्रमित थपिएका छन् । bपछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना सङ्क्रमित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

    योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको देखिएको छ । संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ ।

    कुल मृतकमध्ये एक हजार २०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले शनिबार जनाएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९८५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ३६ लाख २४ हजार १९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

    अधिकारीहरूका अनुसार अरु नौ लाख ५८ हजार ३१६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । एएनआई


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस