• The Public Today
  • गौशाला : ५० हेक्टर क्षेत्रफलमा वृक्षारोपण शुरु


    आरएन महतो
    गौशाला, भदौं २७ गते ।
    कोभिड–१९ ले प्रभावित परिवारका बेरोजगारहरुका लागि महोत्तरीको गौशाला नगरपालिकाको वडा नं. ८ मा ५० हेक्टर क्षेत्रफलमा वृक्षारोपण शुरु भएको छ ।

    गौशाला नगर र युएनडिपीको आर्थिक सहयोग तथा सामुदायिक विकास पैरबी मञ्च बर्दिबास महोत्तरीको प्राविधिक सहयोगमा संचालित रोजगारी परियोजना अन्तर वृक्षारोपन कार्य शुरु गरिएको हो ।

    गौशाला नगरपालिकाका मेयर शिवनाथ महताले कोभिड–१९ ले बेराजागर भएका नागरिकहरुका लागि पहिलो चरणमा वृक्षारोपन शुरु गरिएको बताए । मेयर महतोले सोनी खोलाको बगर, कुशमाडी सामुदायिक वन उपभोक्ता समिति, सोनी खोला सामुदायिक वन उपभोक्ता समितिको करिव ५० हेक्टर जग्गामा आँप, लिची, कागती, काजु लगायका विरुवा वृक्षारोपन कार्य शुरु गरिएको बताए ।

    कार्यक्रम अन्तरगत नगरपालिकाको १ करोड २ लाख र युएनडिपीको १ करोड ३६ लाख र सामुदायिक विकास पैरबी मञ्च बर्दिबास महोत्तरीको ४ लाखको लागतमा नगरमा वृक्षारोपण, पोखरी निर्माण, तरकारी खेती, सिंचाई, नदि नियन्त्रण, तटबन्ध निर्माण, ग्रिन हाउस निर्माण, ४८ जना अगुवा कृषकलाई तालिम रहेको गौशाला नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता भोजराज दर्लामीले बताए ।

    परियोजनाबाट सोनी खोला सामुदायिक वन उपभोक्ता समितिका ६० कुशमाडी सामुदायिक वन उपभोक्ता समिति १३९ घरधुरी परियोजनाबाट लाभान्वित हुने मेयर महतोले बताए ।

    त्यस्तै, गौशाला नगरपालिका वडा नं. ३, १० र १२ मा समेत वृक्षारोपाण गरिने र वृक्षारोपणबाट नगरका अति विपन्न, दलितहरुलाई ठूलो राहत हुने मेयर महतोले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस