• The Public Today
  • थप १२०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३ हजार १२० पुग्यो


    काठमाडौं, भदौ २७ गते । नेपालमा शनिवार थप  १२०१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०१  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । संक्रमितमध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किएका छन् ।   

    प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर ८५२ जना घर फर्किएका छन् । 


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विदेश, समाज


    प्रतिक्रिया दिनुहोस