• The Public Today
  • महोत्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


    बर्दिवास, भदौ २८ गते : महोत्तरीको लोहारपट्टी नगरपालिका-३ का ६० वर्षीय एक पुरुषको कोरोना सं‌क्रमणका कारण आइतबार मृत्यु भएको छ ।

    ज्वरो र सास फेर्न कठिनाइ भएपछि गत भदौ २२ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना भएका उनको आइतबार बिहान ८ बजेतिर मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।

    अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरी प्रयोगशाला पठाइएकामा भदौ २४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी उच्च रक्तचापका बिरामी थिए । योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस