थप ११७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५ हजार ३२९ पुग्यो

काठमाडौं, भदौ २९ गते । नेपालमा सोमबार थप ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किएका छन् ।

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर ८७९ जना घर फर्किएका छन् ।