• The Public Today
  • सिराहाकी महिलाको कोरोना संक्रमणले मृत्यु


    भदौ २९ गते : सिराहाका एक कोरोना संक्रमित महिलाको जनकपुरमा मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुरका ३५ वर्षीया महिला रहेकी छिन् ।

    ज्वरोसँगै साँस फेर्न कठिनाई भएकी महिलालाई चार दिनअघि जनकपुरधामस्थित काव्य हस्पिटलमा भर्ना गरिएको थियो । भर्ना गरेकै समयमा स्वाब संकलन गर्दा आइतबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

    ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारै प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई आईसीयुमा राखेर उपचार गरिरहेकै समयमा आइतबार साँझ उनको मृत्यु भएको धनुषाका कोभिड(१९ संयोजक डा। जामुन सिंहले जानकारी दिए ।

    डा. सिंहका अनुसार ती महिलामा निमोनिया देखिएको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस