भारतमा कोरोना संक्रमितको संख्या ४९ लाख नाघ्यो

File Photo

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

मंगलबार बिहानसम्म भारतमा ८१ हजार ९११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ लाख २६ हजार ९१४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ५६ हजार २१४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८९ हजार ८६० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार ८०८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।