• The Public Today
  • मन्त्री ज्ञवाली बने सरकारका प्रवक्ता


    काठमाडौँ, भदौ ३० गते: संघीय सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

    अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको उनको निजी सचिवालयले जनाएको छ । सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा गत भदौ २० गते कार्यकाल सकिएर बाहिरिएसँगै सरकारको प्रवक्ता कसैलाई पनि तोकिएको थिएन।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस