• The Public Today
  • यसरी बिदा भए कुलमान


    काठमाडौं,भदौ ३० गते : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार औपचारिक रुपमै प्राधिकरणबाट बिदा भएका छन्।

    प्राधिकरणको चार वर्ष नेतृत्व सम्हालेका उनलाई आज कार्यक्रम गरी विदाइ गरिएको हो। उनको पदावधि भदौ २९ गते सकिएको थियो। सरकारले उनको पुनर्नियुक्ति गर्ने चर्चा चले पनि अहिलेसम्म गरेको छैन। जाँदाजाँदै उनले प्राधिकरणमा अन्य क्षमतावान् व्यक्तिहरु आएर पनि राम्रो गर्नसक्ने बताए ।

    आफूले ४ वर्ष कार्यकारी निर्देशकको भूमिकामा रहँदा जस्तोसुकै दबाबको बाबजुद पनि प्राधिकरणको हितमा अडान लिएको उनको भनाइ थियो।

    घिसिङलाई विदाइ गर्दै प्राधिकरणका कर्मचारीले धेरै चुनौतीको बाबजुद पनि उनको कार्यकालमा प्राधिकरणले ठूलो फड्को र उनलाई अबको १५ दिनमा पुनः प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा नै स्वागत गर्न पाइओस् भनी आशा व्यक्त गरेका थिए।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस