• The Public Today
  • बलात्कारको आरोप लगाउने युवतीलाई एक महिना कैद


    द पब्लिक टुडे
    बर्दिवास, भदौं ३० गते :
    जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने एक युवतीलाई कैद सजाय फैसला गरेको छ । अदालतले तत्कालीन साल्ट ट्रेडिङ्ग कर्पोरेशन सुर्खेतका प्रमुख रामप्रसाद गुप्तालाई बलात्कारको आरोप लगाउने युवतीलाई एक महिना कैद र १५ सय रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

    यहीँ भदौ १४ गते अदालतले एक महिना कैद र १५ सय रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए । ‘यो गम्भीर आरोप हो । जबरजस्ती करणीको आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गर्नुहुन्न । अदालतले ती युवतीलाई कैद र जरिवानाको फैसला गरेको छ,’ श्रेस्तेदार बास्कोटाले भने ।

    मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ (क) अनुसार फैसला भएको श्रेस्तेदार बास्कोटाको भनाइ छ । गत असोज २८ र ३० गते गुप्ताले कार्यालयमै बोलाएर बलात्कार गरेको भन्दै ती युवतीले मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन् । युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख छ । तर उक्त वकपत्र नै झुटो भएको ठहर गर्दै अदालतले फैसला गरेको श्रेस्तेदार बास्कोटाले बताए ।

    कैद सजाय फैसला भएकी १८ वर्षीय युवती सुर्खेतको बराहतालकी हुन् । अदालतको फैसलापछि युवती फरार भएकी छन् । ‘फैसला भएदेखि ती युवती सम्पर्कमा आएकी छैन्न ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस