• The Public Today
  • ट्रम्प भन्छन्– खोप नआए पनि हराउँछ कोरोनाभाइरस


    एजेन्सी : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलवार आयोजित एक टाउहल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा खोप आए पनि नआएपनि ‘हर्ड मेन्टालिटी’ कारण कोरोना हराउने दाबी गरेका छन् ।

    एबीसी न्युजले पेन्सिल्भेनियामा मंगलवार आयोजना गरेको ९० मिनट लामो टाउन हल बहसमा ट्रम्पले खोप नलगाए पनि भाइरस गायब हुने आफ्नो पुरानो दाबी दोहोर्‍याए । तर उनले हर्ड इम्युनिटीको साटो हर्ड मेन्टालिटी शब्द प्रयोग गरे । 

    एबीसी न्युजका प्रमुख एंकर जर्ज स्टेफानोपौलोसले ट्रम्लिाई सोधे, ‘खोपविना नै कोरोनाभाइरस जान्छ त ?’ पक्का जान्छ । समय बित्दै जाँदा यो जान्छ,’ उनले जवाफ फर्काए । 

    स्टेफानोपौलोसले भने, ‘अनि धेरै मृत्यु ।’

    अनि तपाईंले हर्ड मेन्टालिटी विकसित गर्नुहुन्छ । यो सामूहिक रूपमा विकसित हुन्छ । त्यो अवश्य हुन्छ,’ ट्रम्पले भने । 

    जनसंख्याको ठूलो प्रतिशतलाई संक्रमण लागेपछि मात्र भाइरस निर्मूल हुन्छ भन्ने सिद्धान्त नै हर्ड इम्युनिटी हो । धेरै संक्रमित भए भने भाइरस फैलन पाउँदैन भन्ने हो । 

    हर्ड मेन्टालिटी भनेको चाहिँ मानिसहरूलाई भीडले तर्कसंगत भन्दा पनि भावुक तरिकाले काम गर्न लगाउने सोच हो ।  
     

    नेसनल इन्स्टिच्युट अफ एलर्जी यान्ड इन्फेक्सियस डिजीजेजका निर्देशक डा एन्थोनी फाउचीले हर्ड इम्युनिटीका लागि अमेरिकाले प्रयास गरेमा धेरै मानिस मर्ने चेतावनी दिएका छन् । 

    कोभिड–१९ को हर्ड इम्युनिटीका लागि जनसंख्याको ६० देखि ८० प्रतिशत मानिसले प्राकृतिक एन्टीबडी पाउनुपर्ने वा खोप लगाउनुपर्ने विश्वास गरेका छन् । 


    क्याटेगोरी : मुख्य समाचार, विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस