• The Public Today
  • गलत गतिविधि रोक्‍न भारतलाई चीनको आग्रह


    बेइजिङ, भदौ ३१ गते । चीनले भारतसँग तत्काल आफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको छ ।

    विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतसँग तत्काल अफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको हुन् ।उनले हालै दुई देशबीच वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको संघर्षका लागि भारत जिम्मेवार रहेको पनि दाबी गरेका छन् ।

    चीनको सरकारी अखवार ‘ग्लोबल टाइम्स’ का अनुसार विदेश मन्त्रालयको दैनिक ब्रिफिङमा प्रवक्ता वाङले भारतले द्विपक्षीय सहमति उल्लंघन गरेको, भारतीय सेना अवैध रुपमा सीमा पार गरेर चिनियाँ भूमिमा प्रवेश गरेको र चिनियाँ सैनिकलाई धम्काउन गोली चलाएको बताएका छन् ।

    चीनको पछिल्लो प्रतिक्रयाभन्दा एक दिन अघि मंगलबार भारतका रक्षामन्त्री राजनाथ सिंहले गत अप्रिल महिनादेखि अहिलेसम्मको घटना क्रमका बारेमा संसदलाई जानकारी दिँदै चीनमाथि पछिल्लो सम्झौत उल्लंघनका आरोप लगाएका थिए । बीबीसी


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस