• The Public Today
  • आठौं वर्षमा ‘द पब्लिक टुडे’


    असोज १ गते : महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशालाबाट प्रकाशित हुने पहिलो दैनिक पत्रिका हो, ‘द पब्लिक टुडे’ । जिल्लाको स्वास्थ्य, शिक्षा, उद्योग, यातायात, सञ्चार आदि क्षेत्रको विकासका साथै राज्यले तय गरेको विकास र समृद्धिका नीति तथा कार्यक्रमलाई सहयोगी वातावरण निर्माण गर्न तथा सरकार र जनताबीच राष्ट्रिय विकास र समृद्धिका सन्दर्भमा परस्परको सम्बन्ध, सहकार्य र कर्तव्यबारे समाजमा जनचेतना अभिवृद्धिका लागि प्रारम्भ गरिएको यो दैनिक पत्रिका आजको अंकबाट सफलतापूर्वक आठौं वर्षमा प्रवेश गरेको छ । सीमित साधन र स्रोतका वावजुद सात वर्षसम्म नियमित प्रकाशन हुँदै आएको यो दैनिक पत्रिकालाई माया गर्नुहुने हाम्रा प्रबुद्ध पाठक र शुभचिन्तकहरुप्रति कृतज्ञता व्यक्त गर्दछौं । आगामी दिनमा पनि उहाँहरुबाट यस्तै माया पाउने छौं भन्ने आगाध विश्वास लिएका छौं ।

    उद्योग–धन्धा, कल–कारखाना, वस्तु तथा सेवाहरुको विविध उत्पादन, शिक्षित सचेत पाठकको अभावमा विज्ञापन र बजार दुवैको नितान्त अभाव रहेको क्षेत्रमा व्यवसायिक पत्रकारिताका लागि आर्थिक रुपले धान्ने र विकास गर्ने परिस्थिति अनुकूल हुँदैन । यसका बावजूद पनि राष्ट्र र जनताको हितप्रतिको प्रतिबद्धतालाई निर्वाह गर्ने हरसम्भव प्रयत्न गर्दै आएका छौं । सीमित साधनस्रोतका वावजूद राष्ट्र र जनताको हित गर्ने प्रतिबद्धतालाई आप्mनो मिशन बनाएर स्वस्थ एवम् मर्यादित पत्रकारिताका माध्यमबाट सेवा गर्ने ‘द पब्लिक टुडे’ परिवारको भूमिका आमरुपमा कस्तो रह्यो भन्ने कुराको मूल्यांकन गर्ने अभिभारा हामीले हाम्रा पाठकहरुका माझमा यसका दैनिक प्रकाशनमार्पmत राखेकै छौं । हामीले हाम्रा सीमित साधन, स्रोत र क्षमताका कारण एउटा दैनिक पत्रिकाले आमरुपमा पस्कनुपर्ने विविध सामग्रीहरु पस्कन सकेका छैनौं । पस्किएकामा पनि कतिपय कमीकमजोरी भएका हुनसक्छन् । जसलाई प्रबुद्ध पाठक र शुभचिन्तकहरुको सल्लाह र सहयोगमा सुधार गर्न हरसंभव प्रयत्न गरिनेछ ।

    वितेका सात वर्षभित्र ‘द पब्लिक टुडे’ ले राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रका विविध समाचार सामग्रीहरुलाई जनता, समाज र राष्ट्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि प्रस्तुत गरेको छ । शान्ति–सुरक्षा र व्यभिचार–भ्रष्टाचार आदि नियन्त्रण गरी सुशासनका निम्ति राज्यका सम्बन्धित संयन्त्रहरुलाई उत्प्रेरित गर्न प्रशस्त कलम चलाएको छ । सार्वजनिक मामिलामा नागरिकलाई सत्य तथ्य सूचनाको प्रवाह गरी राज्यव्यवस्थालाई जिम्मेवार बनाउने काममा लोकतन्त्रका आधारभूत अन्र्तवस्तुमध्ये एक ‘प्रेस स्वतन्त्रता’ को संरक्षण र उपयोग गर्ने नीतिलाई कार्यान्वयन गर्दै लोकतन्त्रलाई संस्थागत गर्न र नागरिकको सुसूचित हुनपाउने हकको रक्षा गर्न हामी आफ्नो तहबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धताप्रति इमानदार छौं । जीवन रहेसम्म त्यसमा कायम रहिरहने छौं । अहिले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संकटबाट मुलुक ग्रसित छ । यो संकट आइपरेको ६ महिना भयो । यो भाइरसले अहिलेसम्म ५८ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ३७९ जनाको मृत्यु भइसकेको छ । संक्रमणबाट जोगिन सरकारी तथा गैरसरकारी तहबाट चालिने हरेक प्रयत्नलाई सघाउन हामी हमेशा तत्पर रहनेछौं ।

    अन्त्यमा, प्रतिकूल परिस्थितिमा पनि विभिन्न स्तम्भमा समाजभित्रका बहुआयामिक तमाम सूचना सामग्रीहरुलाई समावेश गरी पाठकसमक्ष पु¥याउन सहयोग गर्नुहुने हाम्रा तमाम सहयोगी, शुभेच्छुक लेखक, सहृदयी विज्ञापनदाताहरु एवं शुभेच्छुकहरुको उल्लेखनीय भूमिकालाई ‘द पब्लिक टुडे’ ले सधंै स्मरण गरिरहनेछ । उहाँहरुबाट आगामी दिनमा पनि यस्तै सहयोग र हौसला प्राप्त हुनेछ भन्ने अगाध विश्वास लिएका छौं ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज
    ट्याग : #प्रकाशकीय


    प्रतिक्रिया दिनुहोस