• The Public Today
  • कालिकोट कोरोना संक्रमित मुक्त


    द पब्लिक टुडे
    बर्दिवस, असोज १ गते ।
    कालिकोटका कोरोना मुक्त भएको छ । बुधबार तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना निको भएर घर गएसँगै कालिकोट कोरोना बिरामीमुक्त भएका हुन्।

    जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए।

    कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट र २ हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएकामा १०० जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए।

    जिल्लाका ९ स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेक सबैमा कोरोना सङ्क्रमणका बिरामी भेटिएको महतले बताए। कोभिड–१९ को उपचारका लागि १०० शय्याको अस्पताल निर्माण भएको छ। कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिनेछ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस