• The Public Today
  • दुई सेट रेल भोलि जनकपुर आइपुग्ने


    जनकपुरधाम, असोज १ गते । लामो समयदेखि प्रतिक्षारत रेल भोली जनकपुर आइपुग्ने भएको छ ।

    भारतमा निर्माण सम्पन्न भएर तम्तयार अवस्थामा रहेको दुई सेट रेल भोलि मध्याह्न १२ बजेसम्म आइपुग्ने रेल विभागले जनाएको छ ।

    रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईका अनुसार रेललाई स्वागतकालागि महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोली समेत जनकपुर आउँदैछन् ।

    भारतको पटनास्थित हाजीपुर स्टेसनमा राखिएको रेल जनकपुर आइपुग्न आइपुग्न ४ घण्टा समय लाग्ने बताइएको छ । टुडेपाटी


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस