• The Public Today
  • लागुऔषध मुद्दामा नाम आएपछि उच्च अदालत पुगिन रकुल


    एजेन्सी, असोज १ गते । सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा लागुऔषधको मुद्दामा नाम आएपछि रकुल प्रीत उच्च अदालत पुगेकी छिन् ।

    सुशान्तको लागुपदार्थ औषध मुद्दामा अभिनेत्री रिया चक्रवर्तीले उनको नाम लिएको भन्दै सञ्चारमाध्यममा समाचारहरु आएपछि उनले मिडिया ट्रायलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दायर गरेकी हुन् । उनले भारतीय सञ्‍चारमाध्यमले आईएन्डबी मन्त्रालयको दिशानिर्देशन उल्लंघन गरेको भन्दै आफ्नो वकिलमार्फत अपिल पेश गरेका हुन् ।

    उनको निवेदनपछि दिल्ली उच्च अदालतले प्रसार भारती र समाचार प्रसारण केन्द्रलाई निर्देशन दिँदै भनेको छ, “रकुल प्रित सिंहको निवेदनलाई प्रतिनिधित्वको रुपमा लिने र यसलाई जारी गर्नुपर्ने अन्तरिम निर्देशनसहित छिटो निर्णय गर्नुपर्ने छ ।”

    यसअघि भारतीय सञ्‍चारमाध्यमहरुले रियाले रकुल, सारा अली खानलगायत २५ जना बलिउडकर्मीको नाम लागुऔषधको मुद्दामा लिएको खबर सार्वजनिक भएको थियो । – बलिउड हंगामा


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस