• The Public Today
  • उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार ६६१ पुग्यो, सक्रिय संक्रमित ६६ सय ३६


    काठमाडौं, असोज १ गते : राजधानी उपत्यका काठमाडौं, भक्तपुर र ललितपुर मा कोरोना भाइरसका संक्रमितको संख्या १३ हजार ६६१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग निन्त्रण महाशाखाको तथ्यांकअनुसार काठमाडौंमा ११ हजार २३९ जना, भक्तपुरमा एक हजार १३६ र ललितपुरमा एक हजार २८६ जना छ । यसैगरी उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ६३६ जना छन् ।

    जसमध्ये काठमाडौंमा पाँच हजार ६०५, भक्तपुरमा ५५७ र ललितपुरमा ४७४ जना रहेका महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेका छन् भने ४१ हजार ७०६ जना कोरोना मुक्त भएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस