• The Public Today
  • महोत्तरीको बर्दिवासमा सशस्त्र प्रहरीको ‘रिजर्भ गण’


    आरएन महतो
    बर्दिवास, असोज १ गते
    ।महोत्तरीको बर्दिवासमा सशस्त्र प्रहरीले ‘रिजर्भ गण’ स्थापना गरेको छ । प्रदेश २ स्थित भारतीय भूमिसँग जोडिएको सीमा नाका सुरक्षाको लागि बर्दिवास स्थित सशस्त्र प्रहरी बल नेपाल प्रदेश-२ छिन्‍नमस्ता बाहिनी कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ को हेड क्वाटर स्थापना गरिएको बाहिनीपति डिआईजी कृष्णभक्त ब्रम्हचार्यले जानकारी दिए ।

    बिहीबार एक कार्यक्रमबीच रिर्जभ गणले सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र आवश्यक जनशक्ति परिचालनको लागि काम गर्न भन्दै नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गत असार २९ गते ‘रिर्जभ गण’ स्थापना गर्ने निर्णय गरेको हो । गणले विपद व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलापहरुको निगरानी लगायत काम गर्ने ब्रम्हचार्यले बताए ।

    बर्दिबासस्थित उक्त गणमा एसपी सुरेन्द्र बुढाथोकीको नेतृत्वमा ६ सय २१ जना जनशक्ति परिचालन हुनेछन् । गणले सीमा नाकामा थपिने वीओपीहरुमा जनशक्ति परिचालन र व्यवस्थापन गर्ने एसपी बुढाथोकीले जानकारी दिए । प्रदेश २ का ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएको छ । प्रदेशभर ४ सय ६४ किलोमिटरको नेपाली भू–भाग भारतसंग जोडिएको छ ।

    आठ जिल्लाबाट भारत प्रवेश गर्ने २ सय ४६ ठूला(साना सीमानाका रहेका छन् । सीमा सूरक्षाको लागि प्रदेश २ अन्तर्गत सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र बारामा नयाँ बीओपीहरु थप गरिने प्रदेश २ छिन्‍नमस्ता बाहिनी कार्यालयले जनाएको छ ।

    सशस्त्र प्रहरी बलले रिर्जभ गण स्थापना तथा वीओपीका थप पोष्ट र जनशक्ति बढाएसँगै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने डिआइजी ब्रम्हचार्यले विश्वास व्यक्त गरे ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस