• The Public Today
  • अवैध उत्खनन गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा


    द पब्लिक टुडे
    बर्दिबास, असोज २ गते ।
    महोत्तरीको बर्दिबास नगरपालिका–१३ बाट मध्यरातमा अवैध उत्खनन गर्न प्रयोग गरिएको सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बर्दिवास नगरपालिका–१३ विजलपुरास्थित भंगहाको जमुनियाँचोक भन्दा उत्तरमा मध्यरातमा अवैध रुपमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा २ वटा जेसिबी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईले बताउनुभयो ।

    त्यसैगरि बर्दिबास नगरपालिका–६ किसाननगरस्थित मेयर कृषी कार्यक्रमको पूर्व पट्टीमा खोला खनिरहेको १ वटा लोडर र १ टिपर वडा अध्यक्ष पदमबहादुर आलेको नेतृत्वमा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बर्दिवासमा बुझाएको डिएसपी चापागाईंले बताउनुभयो ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस