• The Public Today
  • काठमाडौंमा एक महिनामै १२ हजार कोरोना संक्रमित थपिए


    काठमाडौं, असोज २ गते : कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म काठमाडौं उपत्यकामा १४ हजार २७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    जसमा काठमाडौंमा ११ हजार ७४६ जना,भक्तपुरमा एक हजार १८६ जना र ललितपुरमा एक हजार ३४७ रहेका छन् । तर पछिल्लो एक महिनामा अर्थात गत भदौ १ गतेबाट असोज १ गतेसम्ममा १२ हजार ३१२ जना कोरोना संक्रमित थपिएका छन् ।

    सबैभन्दा बढी काठमाडौं जिल्ला कोरोना संक्रमित १० हजार १७३ जना थपिएका थिए भने भक्तपुर एक हजार ६० र ललितपुरमा एक हजार ७९ जना संक्रमित थपिएको महाशाखाको तथ्याकंमा देखिन्छ । जुन उपत्यकामा देखिएका कुल संक्रमितको ८६।२३ प्रतिशत हो ।

    गत साउन ३२ गते उपत्यकामा कोरोना संक्रमित एक हजार ९६७ जना रहेका थिए । जसमध्ये काठमाडौंमा एक हजार ५६७ जना, भक्तपुरमा १३२ जना र ललितपुरमा २६८ जना थिए । भदौ महिनामै उपत्यकामा सबंभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । हालसम्म देशैभर कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । कोरोना निको हुनेको दर पनि ७२।०९ प्रतिशत रहेको छ । अथार्त ४२ हजार ९४९ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

    पछिल्लो एक महिनामा कुन दिन कति कोरोना संक्रमित थपिए ?

    काठमाडौ उपत्यकामा अन्य जिल्लाको तुलनामा पछिल्लो समय कोरोना ग्राफ बढ्दो देखिन्छ । गत भदौ १ गते काठमाडौं उपत्यकामा १६८ जना कोरोना संक्रमित थपिएका थिए । भदौ २ गते २०४ जना , भदौ ३ गते १५९, भदौ ४ गते २०० जना, भदौ ५ गते १८२ जना, भदौ ६ गते २१६ जना , भदौ ७ गते १६६ जना, भदौ ८ गते २२४ जना, भदौ १० गते ३०१ जना ,भदौ ११ गते ३७७ जना,भदौ १२ गते ४१५जना, भदौ १३ गते १८६ जना ,भदौ १४ गते ४२९ जना, भदौ १५ गते २९८ जना, भदौ १६ गते ४८१ जना,भदौ १७ गते ३८८ जना, भदौ १८ गते ४४५ जना, भदौ १९ गते ४५४ जना र भदौ २० गते ४०८ जना कोरोना संक्रमित थपिएका थिए ।

    यसैगरी, भदौ २१ गते ३५४ जना,भदौ २२ गते ३२६ जना, भदौ २३ गते ३९६ जना,भदौ २४ गते ४६४ जना, भदौ २५ गते ५७२ जना, भदौ २६ गते ६९६ जना, भदौ २७ गते ४३१ जना, भदौ २८ गते ५९७ जना, भदौ २९ गते ५१२ जना, भदौ ३० गते ६७६ जना, भदौ ३१ गते ७३७ जना र असोज १ गते उपत्यकामा कोरोना संक्रमित ६१८ जना थपिएका मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

    काठमाडौं जिल्लामा कुन दिन कति थपिए

    पछिल्लो एक महिनामा १० हजार १७३ जना संक्रमित थपिएका छन् । भदौ १ गते देखि असो १ गतेसम्म १० हजार १७३ जना कोरोना संक्रमित थपिएका हुन् । भदौ १ गते १३९ जना, भदौ २ गते १३७ जना, भदौ ३ गते १३४ जना, भदौ ४ गते १७४ जना, भदौ ५ गते १४२ जना, भदौ ६ गते १६० जना, भदौ ७ गते १२६ जना, भदौ ८ गते १७७ जना, भदौ ९ गते १९९ जना ,भदौ १० गते २३० जना, भदौ ११ गते २७० जना, भदौ १२ गते ३५० जना,१३ गते १५५ जना, भदौ १४ गते ३७२ जना, भदौ १५ गते १९० जना,भदौ १६ गते ३९३ जना, भदौ १७ गते ३५० जना ,भदौ १८ गते ३५७ जना,भदौ १९ गते ३८६ जना, भदौ २० गते ३२६ जना,२१ गते २९० जना र भदौ २२ गते २९३ कोरोना संक्रमित थपिएका थिए ।यसैगरी भदौ २३ गते ३०० जना, भदौ २४ गते ३९४ जना, भदौ २५ गते ४९५ जना, २६ गते ६२० जना, भदौ २७ गते ३७७ जना, भदौ २८ गते ४८३ जना, भदौ २९ जना ४४० जना,भदौ ३० गते ५५५ जना,भदौ ३१ गते ६५२ जना र असोज १ गते ५०७ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    भक्तपुरमा एक महिनामा एक हजार ६० संक्रमित थपिए

    गत भदौ १ गतेदेखि असोज १ गतेसम्म काठमाडौं उपत्यकाको भक्तपुरमा एक हजार ६० जना कोरोना संक्रमित थपिएका छन् । भदौ १ गते १४ जना, भदौ २ गते १७ जना, भदौ ३ गते ८ जना, भदौ ४ गते ८ जना, भदौ ५ गते १५ जना, भदौ ६ गते ५० जना, भदौ ७ गते २८ जना, भदौ ८ गते १४ जना, भदौ ९ गते १४ जना, भदौ १० गते २४ जना, भदौ ११ गते ४१ जना, भदौ १२ गते ५४ जना, भदौ १३ गते १२ जना, भदौ १४ गते ४५ जना, भदौ १५ गते ४१ जना, भदौ १६ गते ३० जना कोरोना संक्रमित थपिएका थिए ।

    यस्तै, भदौ १७ गते ९ जना, १८ गते ४२ जना, भदौ १९ गते ३६ जना, भदौ २० गते ४५ जना, भदौ २१ गते ३२ जना, भदौ २२ गते १३ जना, भदौ २३ गते ५८ जना, भदौ २४ गते ३६ जना, भदौ २५ गते ३४ जना, भदौ २६ गते ३८ जना, भदौ २७ गते १७ जना, भदौ २८ गते ८१ जना, भदौ २९ गते ४३ जना, भदौ ३० गते ८६ जना, भदौ ३१ गते २५ जना र असोज १५० गते जना कोरोना संक्रमित भक्तपुरमा थपिएका मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिएका थिए ।

    ललितपुरमा एक हजार ७९

    पछिल्लो एक महिनााम ललितपुर जिल्लामा एक हजार ७९ कोरोना संक्रमित थपिएका छन् । जसमा भदौ १ गते १५ जना, भदौ २ गते ५० जना, भदौ ३ गते १७ जना, भदौ ४ गते १८ जना, भदौ ५ गते २५ जना, भदौ ६ गते ६ जना, भदौ ७ गते १२ जना, भदौ ८ गते ३३ जना, भदौ ९ गते १९ जना ,भदौ १० गते ४७ जना, भदौ ११ गते ६६ जना, भदौ १२ गते ११ जना, भदौ १३ गते १९ जना, भदौ १४ गते १२ जना, भदौ १५ गते ६७ जना, भदौ १६ गते ५८ जना, भदौ १७ गते २९ जना, भदौ १८ गते ४६ जना, भदौ १९ गते ३२ जना र भदौ २० गते ३७ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी, भदौ २१ गते ३२ जना ,भदौ २२ गते २० जना, भदौ २३ गते ३८ जना, भदौ २४ गते ३४ जना, भदौ २५ गते ४३ जना, भदौ २६ गते ३८ जना, भदौ २७ गते ३७ जना, भदौ २८ गते ३३ जना, भदौ २९ गते २९ जना ,भदौ ३० गते ३५ जना ,भदौ ३१ गते र असोज १ गते ६१ कोरोना संक्रमित ललितपुरमा थपिएका मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिए । बाह्रखरी


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस