• The Public Today
  • थप २०२० जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, असोज २ गते । नेपालमा शुक्रबार थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई हजार २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । संक्रमितमध्ये ४३ हजार ८२० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३९० जनाको मृत्यु भएको छ ।

    प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ८७१ जना घर फर्किएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस