• The Public Today
  • बलात्कारको घटना मिलाइदिएपछि पीडितद्वारा आत्महत्या : पञ्च , स्थानीय र आरोपी पक्राउ


    सप्तरी , असोज २ गते : सप्तरीमा सामूहिक बलात्कारको घटना मिलाइदिएपछि पीडितद्वारा आत्महत्या गरेको घटनामा प्रहरीले पञ्च , स्थानीय र आरोपीलाई पक्राउ गरेका छन् ।

    प्रहरीले पञ्च र स्थानीयहरु ६५ वर्षीय जयकान्त मण्डल, ६० वर्षीय बासुदेव मण्डल र ५० वर्षीय सत्यनारायण मन्डललाई पक्राउ गरेको छ। बलात्कारका आरोपीहरु १९ वर्षीय बब्लु भनिने सुमन मण्डल र १८ वर्षीय रन्जित मण्डललाई पक्राउ गरेको छ ।

    डान्केश्वरी नगरपालिका ७ मा १८ वर्षीया किशोरीले भदौ ३० गते राती साढे २ बजे आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनीमाथी चार जनाद्धारा भएको सामूहिक बलात्कारको घटनामा गाउँमै पन्च र स्थानीयहरुको मिलेमतोमा घटनालाई साम्य पारिएको दिनको राती किशोरीले आत्महत्या गरेकी थिइन् ।

    सामूहिक बलात्कारका आरोपीमध्ये दुई जना फरार छन् । पक्राउ परेकाविरुद्ध जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस