• The Public Today
  • डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज


    काठमाडौं, असोज ३ गते । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    मंगलबार साँझबाट ओम अस्पताल भर्ना भएका कोइराला स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

    यद्यपि भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका कोइरालाको शुक्रबार (हिजो) गरिएको पिसिआर रिपोर्ट पनि पोजेटिभ नै आएको छ । 

    तिवारीका अनुसार स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो । एक हप्तापछि फेरि पिसिआर परीक्षण गरिने छ ।

    कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझबाट प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा उपचार गरिएको थियो ।

    अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सक टोलीले महामन्त्री कोइरालाको उपचार गरेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस