• The Public Today
  • भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नजिक


    एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख नजिक पुगेको छ ।

    दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको हो । आइतबार भारतमा ९२ हजार ७५५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ९८ हजार २३० पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् भने १० लाख ११ हजार ७३२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार १४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८६ हजार ७७४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस