• The Public Today
  • महोत्तरीमा पिकप र मोटरसाईकल ठोक्किदा दुईजनाको ज्यान गयो


    महोत्तरी,असोज ४ गते : महोत्तरीमा पिकप र मोटरसाइकल एकआपसमा ठोक्किदा दुईजनाको ज्यान गएको छ । बर्दिबास नगरपालिका को बर्दिबास –६ किसानगरमा विपरीत दिशाबाट आइरहेको पिकप र मोटरसाइकल शनिबार साँझ ठोक्किएर दुर्घटना भएको हो ।

    मृत्यु हुनेमा स्थानीय देव बहादुर खपाङ्गी र प्रमोद रामको मृत्यु भएको हो । मोटरसाइकमा सवार तीन जना मध्ये चालक प्रमोद र अर्का देवबहादुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईले जानकारी दिए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस