• The Public Today
  • विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख नाघ्यो, ९ लाख ६० हजार बढीको मृत्यु


    एजेन्सी : विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएसँगै यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार ७५३ पुगेको छ ।

    यस्तै एकै दिन थप ५ हजार १३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६० हजार ८६३ पुगेको छ ।एकै दिन २ लाख ४१ हजार १२१ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

    तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २५ लाख ७० हजार ४६७ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १५ हजार ८९३ जनाको मृत्यु भएको छ । ४३ लाख ९८ हजार ३३१ जना संक्रमित भएकोमा २३ लाख ७४ हजार ९४१ जना संक्रमणमुक्त भएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस