• The Public Today
  • दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी


    काठमाडौँ, असोज ५ गते । सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् ।यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन् । 

    श्रवैकल्पिक सिकाइलाई समेत शैषिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त (दशैँअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन् । 

    यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरुसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न थालेका छन् । यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छिन् । 


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस