• The Public Today
  • बन्द भएको विजलपुरा–जयनगर रेलको संरचनालाई संग्रहालय बनाउने तयारी


    • शैलेन्द्र महतो

    जनकपुरधाम, असोज ५ गते । झण्डै सातवर्ष अघि बन्द भइसकेको नेपालको विजलपुरा–जयनगर नेरोगेज रेलको इन्जन तथा संचरचनालाई संग्रहालयय बनाइने भएको छ ।

    जनकपुर र खजुरीमा रहेको पुरानो रेल्वेका ईन्जिन, बोगी, डब्बा, पार्टपूर्जा लगायतका संरचनालाई नेपाल रेल्वे कम्पनीले संग्रहालय बनाउने तयारी गरेको हो ।

    भारतमा कब्जा गरेका अंग्रेजहरुले नेपालको चुरेबाट काठ ढुवानीका लागि वि.स. १९९४ भारतको जयनगरदेखि महोत्तरीको विजलपुरसाम्म रेल सेवा सञ्चालन गरेका थिए । पछि उक्त रेल जनकपुर देखि जयनगरसम्म चल्ने सेवामा सिमित भयो । धनुषाको पूर्वी भेगका जनताका लागि एक मात्र यातायातको साधनको रुपमा रहेको उक्त रेल झण्डै ७ वर्षअघि जीर्ण भएर बन्द भएको थियो ।

    जसको ईन्जिन र पार्टपूर्जा संरक्षण अभावमा धनुषाको जनकनन्दनी गाउँपालिको खजुरी खजुरी स्टेशन र जनकपुर स्टेशनमा वेवारिसे अवस्थामा छन् ।

    बन्द भइसकेको पुरानो रेलको संरचनाहरु इतिहास भइसकेकाले अबलोकनका लागि संग्रहालय स्थापना गर्ने लक्ष्य लिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले टुडेपाटीलाई बताए ।

    ब्रिटिसले चलाएको पुरानो स्टिम इन्जिनको इतिहास २ सयबर्ष पुरानो रहेको बताउँदै महाप्रबन्धक भट्टराईले यो इन्जिन संसारमा कतै पनि नभएको दावी गरे ।

    ‘ब्रिटिसले चलाएको पुरानो स्टिम ईन्जिन रेलको इतिहास २ सयवर्ष पुरानो छ । जुन जर्मनमा निर्माण भएको हो । यो नेपाल बाहेक अन्त कहि छैन । यस्तो महत्पूर्ण इन्जिन लगायतको संरचना कौडीको भाउमा लिलाम गरे बेच्ने तयारी थियो ।’ उनले भने ‘तर म आएपछि यस्तो महत्वपूर्णइ इन्जिनलाई लिलिाम नगरी संरक्षण गर्न अघि सरेको हुँ । रेल्वे कम्पनीबाट केहि बजेट समेत छुट्याएको छु । स्थानीय सरकारसंग समन्वय गरेर संग्रहालय बनाउँछु ।’

    पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म चल्ने ब्रोडगेज दुईसेट रेल हस्तान्तरणका लागि असोज २ गते जनकपुर आएका बेला महाप्रबन्धक भट्टराईले जनकपुरदेखि खजुरीसम्मको निरीक्षण गरेका थिए । खजुरीमा रहेका उक्त पुरानो रेलको इन्जिन लगायतको संरचनालाई संग्रहालय बनाउने विषयमा स्थानीयसंग समान्य छलफलसमेत गरेका थिए ।

    ब्रोडगेज रेल संचालन लगतै पुरानो नेरोगेज रेलको संरचनालाई संग्रहालय निर्माण प्रक्रिया अघि बढाउने बताए ।

    अत्यन्त जीर्ण अवस्थामा पुगेर झण्डै सातवर्ष अघि नेरोगेज रेल बन्द भएपछि साहि संरचना हटाएर ब्रोडगेज रेलको संरचना निर्माण गरिएको छ । दुईवटा रेल समेत नेपाल सरकारले खरिद गरिसकेको छ ।

    आवश्यक जनशक्ति व्यवस्थापन गरी जनकपुरको कुर्थादेख जयनगरसम्म रेल सेवा चाँडै संचालन गर्ने तयारीमा रेल विभाग गरहेको छ ।

    -टुडेपाटी


    क्याटेगोरी : फोटो फिचर, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस