• The Public Today
  • राप्रपाको “गाई” अंकित रातो, पहेँलो र निलो रंगको झण्डा, चुनाव चिन्ह हलो


    द पब्लिक टुडे
    गौशाला, असोज ७ गते ।
    राष्ट्रिय प्रजातन्त्रपार्टीको केन्द्रीय कार्य समितिकोे बैठकले विभिन्न निर्णयहरु गरेको छ । मंगलबार अध्यक्ष पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको अध्यक्षद्वय कमल थापा, डा.प्रकाशचन्द्र लोहनी एवं पार्टीका वरिष्ठ नेतागणको उपस्थिति थियो ।

    बैठकले २०७६ फागुन २४ को एकीकरण सम्बन्धि आधारपत्र बमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) वीच भएको एकीकरण निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गर्दाको बखत पेश भएको विधान र प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन २०७४ मा पेश भएको राजनीतिक घोषणापत्रलाई एकिकरण पश्चातको राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान र घोषणापत्र कायम गरी त्यसको जानकारी निर्वाचन
    आयोगमा पठाउने निर्णय पनि गरेको पार्टीले जनाएको छ ।

    पार्टी संचालनार्थ तयार गरिएको नियमावली, घोषणापत्र र लोगो (छाप) लाई यसै वैठकले अनुमोदन गर्दै निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । साथै पार्टी अन्तरिम विधान, नियमावली र घोषणापत्रमा उल्लेखित कुनै वुँदाहरु बाझिएमा पार्टी एकिकरण सम्बन्धि आधारपत्र अनुसार नै हुने निर्णय पनि बैठकले गरेको छ ।

    साविक राष्ट्रिय प्रजातन्त्र पार्टीको “गाई” अंकित रातो, पहेँलो र निलो रंगको झण्डा एकिकृत पार्टीको झण्डा हुने र पार्टीको चुनाव चिन्ह हलो कायम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    पार्टीको एकता महाधिवेशन २०७८ वैशाख २५ देखि २८ सम्म काठमाडौमा गरिने भएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस