भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख नाघ्यो

File Photo

एजेन्सी : भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ८८ हजार ९३५ संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा हालसम्म ५५ लाख ६२ हजार ६६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ७५ हजार ८३ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ५३ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।